Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरले दियो निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति 

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ  ।  

अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् ।

सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको हो 

३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ १८९ जना र अन्य  संकायका ७७ जना छन् । गत वर्ष महानगरले २७४ जनालाई छात्रवृत्ति दिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update