Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेन भन्छन्– अदालतको आदेशलाई नेताहरूले अपव्याख्या गरेर भ्रम छरे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशको अपव्याख्या गरेर दलका नेताहरुले जनतामाभल भ्रम छरेको आरोप लगाएका छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम छरेको बताएका हुन् । 

सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौँ महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको भन्दै उनले ती करिडोरका जग्गामा अब थप संरचना बनाउन नपाइने बताए । अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको भन्दै उनले सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने बताए । 

यसबारे उनले फेसबुकमा लेखेका छन् :

कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी  काठमाडौँ महानगरले सो आदेशलाई  सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।

अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update