Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले दियो भोलि सार्वजनिक बिदा 

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट मनाइने रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी पिताम्बर पन्थीले जानकारी दिए । 

उनका अनुसार भदौ ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गएको साउन १४ मा बसेको नगर कार्यपालिकाले गरेको थियो । सोही निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा दिएको उनले बताए । 

नगरपालिका कार्यालय मातहतका वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिएको सूचना अधिकारी पन्थीले वडापालिकालाई जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update