Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज तपाईंको राशिफल 

आजको पञ्चाङ्ग

तिथिः नवमी  । नक्षत्रः रोहिणी  । करणः तैतिल । चन्द्रराशिः वृष  । सूर्योदयः ५ः ४१ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५८ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

धन खर्च हुनेछ । नयाँकार्यको थालनीले लाभ होला । प्रिय खबर सुन्नुपर्ला । यात्राबाट भने लाभ हुने देखिन्छ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आज सबैको साथ रहनेछ । नयाँ कामको प्रस्तावले तपाईँको मन उत्साहित हुनेछ । स्वास्थ्य भने कमजोर बन्नेछ । बेलुकातिर धन खर्च हुनेछ ।  

मिथुन  (का कि कु घ ङ छ के को ह)

आजको दिन कार्य क्षेत्रमा संलग्न भइनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम हुनु हुनेछ । आफन्तकोे साथ पाइनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो )

रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोचको सबैले सम्मान गर्नेछन् । आजको लेनदेनले फाइदा दिनेछ ।

सिंह (मा मि मु मे मो टा टि ट टु टे  )

आजको दिन परिश्रमको दिन छ । कामको चारैतिरबाट प्रशंसा होला । धैर्य र साहासले काम गर्नु पर्ला  । धन भने व्यय हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

अचानक स्वस्थ्यमा सुधार आउनेछ । अप्रत्यासित तपाईँको लाभ होला । विद्यामा सफल अनि सन्तान सुख  रहला । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

आज तपाईँलाई शत्रुले दुःख दिनेछन् । धेरै परिश्रम गर्दा पनि उपलब्धि हँुदैन । काम गर्न आलश्य बढ्नेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज कर्मसिद्धिको समय रहनेछ । मान,सम्मान पाउनुहोला । स्वास्थ्यमा सुधार देखिनेछ । बेलुकापख अनावश्यक खर्च हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

तपाईँले आज प्रतिकूल दिन हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ । स्वास्थ्यले पनि साथ दिनेछैन । संयमता अपनाउनु पर्नेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

तपाईँका ज्ञान र बुद्धिको परिवारले प्रशंसा गर्नेछन् । धार्मिक कार्यमा सरिक हुन पाइएला । सन्तानको प्रगति सुन्न पाइनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

काममा आएको बाधा अड्चन हट्नेछन् । कुरा काट्नेदेखि सावधान रहनुहोला । समाजसेवामा रमाइएला । स्वास्थमा सुधार आउनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

तपाईँले गरेको प्रगतिले प्रशंसा पाउँनेछ । गरेका काम प्रशस्तै बन्नेछन् । घुमफिरमा रमाउँदै समय बित्नेछ । धन आगमन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update