Odapalika - The Fourth Estate - चौथो अंग
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा 

काठमाडौँ । दैलेखको नौमूले गाउँपालिकाले मंगलबार (आज) सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिए ।  

उनका अनुसार मंगलबारका नौमूले गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रदान हुने अत्यावश्यक सेवाहरू बाहेक सबै कामकाज बन्द हुने गरी सार्वजनिक बिदा दिइएको हो । साथै सामुदायिक विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइएको छ । 

बिदा दिइएकोसम्बन्धी पालिकाले निकालेको सार्वजनिक सूचना 

मिति २०८१ भाद्र ११ गते भाद्र कृष्ण अस्टमीका अवसरमा यस पालिका अन्तर्गत नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा संचालन हुने भएको हुँदा उक्त अवसरमा मिति २०८१ भाद्र ११ गते मंगलबारका दिन नौमूले गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रदान हुने अत्यावश्यक सेवाहरु बाहेक सबै कामकाज बन्द हुने गरि साथै सामुदायिक विद्यालयहरुमा समेत १ (एक) दिन सार्वजनिक बिदा दिने अध्यक्ष स्तरिय निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update