Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा रास्वपाले छायाँ सरकार बनाउने, बैठकमा कार्यविधि पेस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहमा छाउाँ सरकार बनाउने भएको छ । यसका लागि मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कार्यविधि पेस गरिएको छ । 

बनस्थलीस्थित घण्टीघरमा बसेको बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानीय तहमा छायाँ सरकार बनाउने कार्यविधि प्रस्तुत गरेका हुन् । उक्त कार्यविधिको अध्ययन, छलफल र नेताहरुले सुझाव दिएपछि आगामी बैठकबाट निर्णय गर्ने तयारी रास्वपाले गरेको छ । 

स्थानीय सरकारको कामकारबाहीप्रति निगरानी राख्ने उद्देश्यले रास्वपाले छायाँ सरकार बनाउन लागेको हो । साथै, मंगलबारको बैठकले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । 

यस्तै, बैठकले असोज १ र २ मा हुने राष्ट्रिय भेलाका लागि १४ वटा उपसमिति बनाउने निर्णय गरेको छ 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update