Odapalika - The Fourth Estate - चौथो अंग
सबै स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल बनाउन प्रस्ताव

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सबै स्थानीय तहमा सुविधायुक्त अस्पताल बनाउन माैखिक प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले देशभरका सबै ७५३ स्थानीय तहमा सुविधायुक्त अस्पताल बनाउन माग गरेका हुन् । 

स्थानीय तहका अस्पतालको भौतिक प्रगति हुन नसकेको भन्दै उनले सबै स्थानीय तहमा उपकरणसहितका अस्पताल बनाउनुपर्नेमा जोड दिए । 

शिलन्न्यास भएका अस्पताल पनि बन्न नसकेको भन्दै उनले ७५३ वटै अस्पतालमा उपकरणसहित उपचारको व्यवस्था गर्न माग गरे । 

‘१५ मंसिर २०७७ मा ७५३ मध्ये ६५७ अस्पताल शिलयान्न्यास भएको थियो। आज धेरै अस्पतालहरु बनेका छैनन्। मूर्ति बनेका छन्। अस्पताल बनेका छैनन् । भवन बनेका ठाउँमा उपकरण छैनन् । दक्ष जनशक्ति छैन । दुर्गम ठाउँबाट बिरामी ल्याउनु पर्‍यो भने हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने अवस्था छ । ७५३ वटै अस्पतालमा उपकरणसहित उपचारको व्यवस्था होस्,’ उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update