Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से परिसूचक ओरालो, आज ११२ अंकले घट्यो

काठमाडौँ । चालु साता सेयर बजार ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको हो । 

सोमबारको सार्वजनिक बिदापछि मंगलबार खुलेको सेयर बजारमा नेप्से परिसूचक तेहेरो अंकले ओरालो लागेको हो । यस दिन १११.९६ अंकले घटेर २७८२.६० को बिन्दुमा पुगेर बजार बन्द भएको छ । 

यसअघि आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेको थियमे । 

मंगलबार ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ ४.९२, विकास बैंक ४.१८, वित्त ४.६९ र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ । 

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update