Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बोलकबोलका माध्यामबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी,गैर–बैंक वित्तीय संस्था,  संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

१० भदौ दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र सोमबार निष्काशन हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी ११ भदौ, २०८६ मा हुनेछ । साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ । 

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमाभित्र रहेर ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइने छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update