Odapalika - The Fourth Estate - चौथो अंग
५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन देशभरका स्थानीय तहलाई निर्देशन

काठमाडौँ । देशभरका ७५३ वटै स्थानीय तहलाई ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन पत्राचार गरिएको छ । यही भदौ ९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भन्दै देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो । 

निर्देशक निलकण्ठ ढकालको हस्ताक्षर रहेको पत्रमा भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भनिएको छ । ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्पारिक समझदारी र शान्तिको लागि साक्षरता’ भन्ने मूल नाराका साथ मनाउन भनिएको छ । 

साथै केन्द्रले स्थानीय तहसँगै सातवटै प्रदेशअन्तर्गत शिक्षा हेर्ने मन्त्रालय र ७७ वटै शिक्षा विकास तथा समन्वयन एकाइलाई पनि पत्र पठाएर यही भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भनिएको छ । 

यस्तो छ पत्र :

मितिः २०८१/०५/०९

विषयः ५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने सम्बन्धमा ।

श्री प्रदेश अन्तर्गत शिक्षा हेर्ने मन्त्रालय, ७ वटै प्रदेश ।
श्री स्थानीय तह, ७५३ वटै
श्री शिक्षा विकास तथा समन्वय इकाइ, ७७ वटै ।

प्रस्तुत विषयमा ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस (बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्पारिक समझदारी र शान्तिको लागि साक्षरता) भन्ने मूल आदर्श बाक्यका साथ २०८१ भाद्र २३ गते शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, नागरिक समाज, पत्रकार, राजनैतिक दल, सामुदायिक सिकाइ केन्द्र, विकास साझेदारसंस्था लगायत सबैको उपस्थितिमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा विविध कार्यक्रम सहित मनाउनुहुनको लागि निर्णयानुसार अनुरोध छ । 

निलकण्ठ ढकाल
निर्देशक

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update