Odapalika - The Fourth Estate - चौथो अंग
यी राशिलाई आज छ आज धन, यात्रा, सम्मानको योग  

आजको पञ्चाङ्ग 

तिथिः दशमी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः वृष । सूर्योदयः ५ः ४१ । सूर्यास्तः १८ः २७ । दिनमानः ३१ः ५४ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको दिन सुरुमा खर्च बढ्ने बेलुकापख भने लाभ हुनेछ । समयले साथ दिनेछ ।  रमाइलोसँग दिन बित्नेछ 

वृष (इ उ ए ओ बा बि बु बे बो )

साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा आएको समस्या कम हुनेछ । कार्य क्षेत्रमा लागिनेछ । खर्च भने सोचेभन्दा बढी हुनेछ । 

मिथुन  (का कि कु घ ङ छ के को ह )

तपाईँको आज अनुकूल दिन हुनेछ । कर्म क्षेत्रमा सफलता पाइनेछ । स्थान छोड्नु वा यात्राको सम्भावना देखिन्छ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । भेटघाटमा समय खर्चिनु पर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

विद्यामा सफल तथा सन्तानको प्रगति सुनिनेछ । गरेको कामको जश पाइँनेछ । भाग्यले पूरा साथ दिनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।

वृश्चिक ( तो नानि नु ने नो या यि यु )

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन् ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

वन्धुवर्ग नै शत्रु बन्लान् । सामान्य विवादमा पर्न सकिन्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वास्थमा समस्या आउनेछ । 

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । धार्मिक यात्रा हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आज सामानको सदुपयोग हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । मनमा धेरै तर्कना भने आउनेछन् । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update