Odapalika - The Fourth Estate - चौथो अंग
माडी नगरपालिकाद्वारा पहिरोमा ज्यान गुमाएको परिवारलाई आर्थिक सहयोग 

चितवन । माडी नगरपालिकाले भारतमा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । गएको बिहीबार भारतको उत्तराखण्डस्थित रुद्रप्रयागमा गएको पहिरोमा परेर ज्यान गुमाएकाको तीनजनाको परिवारलाई माडी नगरपालिकाले किरिया खर्चसहित अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

माडी नगरपालिकाले किरिया खर्चवापत प्रत्येक परिवारले २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गएको पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको मृत्यु भएको हो । उनीहरूको शव शनिबार राति ल्याइएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update