Odapalika - The Fourth Estate - चौथो अंग
१११ कर्मचारी सरुवा विवादमा, मुख्यमन्त्रीको कार्यालयमा उजुरी 

काठमाडौँ । कर्णाली मुख्यमन्त्रीको कार्यालयले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । गएकोसाउन ३२ गते मुख्यमन्त्री कार्यालयले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका १११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो । तर, यसप्रति असन्तुष्टि जनाउँदै कर्मचारी संगठनले उजरी दिएका छन् । 

प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत कर्मचारी सरुवा गरिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ । 

प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष  दिएको निवेदनमा कानुनविपरीत भएको सरुवा बदर गर्न माग गरिएको हो । 

प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा (३)को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक कुनै कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि दुई वर्षको समयावधि पूरा गरेको हुनुपर्ने र त्यसभन्दा अगाडि सरुवा गर्न नपाइने व्यवस्थालाई उल्लंघन गरेर कर्मचारी सरुवा गरिएको कर्मचारीहरुको दाबी छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update