
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ ।
तर, अघिल्लो दिनको तुलनामा ताने बोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ । डल्ले च्याउको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढ्दा भटमास कोशा, घिरौँला, गोलभेँडा, लोकल परवलको मूल्यमा प्रतिकेजी ५ देखि १० रुपैयाँ घटेको हो ।
समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । शनिबार प्रतिकेजी ८० रुपैयाँ तोकिएको गोलभेँडाको बजार मूल्य ७० रुपैयाँ तोकिएको छ । आज नेपाली सानो गोलभेँडाको मूल्यप्रतिकेजी १८ रुपैयाँले घटेको छ । हिजो नेपाली सानो गोडभेँडाको न्यूनतम बजार मूल्य ५८ रुपैयाँ थियो ।
यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । घिउसिमी लोकल ८०, भन्टा लाम्चो ६०, ताने बोडि ८०, मकै बोडी ७०, भटमास कोशा ११०, तितो करेला ७०, लौका ६०, लोकल परवल ५०, घिराैँला ५०, हरियो फर्सी ८०, फर्सी पाकेको ४५, स्कूस ५०, कन्य च्याउ १६०, डल्ले च्याउ ३८०, कुरीलो ४५०, ब्रोकाउली १५०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।
शनिबारको तुलनामा फलफूलको मूल्य भने स्थिर छ । बजारमा केरा दर्जनको १४० रुपैयाँ छ । स्याउ फूजी ३५०, अनार ३००, आँप दशहरी २२०, कालो अंगुर ४५०,त रबुजा ७०, मौसम १२०, नासपाती लोकल ७०, किवी ७०० र एभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।