Odapalika - The Fourth Estate - चौथो अंग

पोडवे करिब ४० वर्षदेखि बेलारुसमा अनुशन्धान भएर सर्टिफाइड प्रविधि हो । यसलाई पर्सनल ¥यापिड ट्रान्जिट (पीआरटी) भनेर पनि चिन्ने गरिन्छ । 

पीआरटीमा सामान्यतया प्रतिगाडी तीनदेखि छ जनासम्म यात्रु बस्न मिल्छ । यसलाई ननस्टप, पोइन्ट टू पोइन्ट यात्रा गर्न प्रयोग गरिन्छ । त्यही पीआरटी सवारी साधनमध्ये पोडवे एक हो । 

पोडवे सार्वजनिक यातायात संचालनको संजाल निर्माणको सबैभन्दा सस्तो प्रविधि हो । सडक यातायात, रेल वा केबलकारभन्दा पनि यो प्रविधि निकै सस्तो मानिन्छ ।

जानकारहरुका अनुसार पोडवे निर्माणका लागि प्रतिकिलोमिटर ३ मिलियन (३० लाख) अमेरिकी डलर खर्च लाग्छ । यो भनेको करिब ४० कराेड रुपैयाँ भन्दा बढी हाे । पोडवे निर्माणमा प्रयोग हुने वस्तुहरु, पोल, तारलगायत नेपालमा नै पाइने वस्तु प्रयोग गरेर निर्माण गर्दा यसको लागत अझ कम हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

पोडवे स्ट्रिङबेस्ड (तारमा गुड्ने) प्रविधि हो । सन् २०२० मा युरोप र अमेरिकाले यो प्रविधिको सुरक्षा मापदण्ड प्रमाणित गरिसकेको छ । त्यसबाहेक चीन, भारत, अस्ट्रेलिया, क्यानडा तथा रुसले पनि मापदण्ड तय गरिसकेका छन् । यो प्रविधि नेपाललाई चाहिने भूकम्प प्रतिरोधात्मक समेत भएको कम्पनीको भनाइ छ । र, युनेस्कोले विश्व सम्पदा सुचीमा सूचीकृत भएका ठाउँमा पनि राख्नलाई यो प्रविधिलाई अनुमति दिएको छ ।

अहिलेको समयमा मेट्रोरेलको एक किलोमिटरको ट्याक्र बनाउन अर्बौं रुपैयाँ लाग्छ भने ४० अर्बमा पोडवेको १०० किलोमिटरको ट्र्याक बनाउन सकिन्छ । अझ नेपालमा भएका स्थानीय स्रोत साधन प्रयोग गरे त्यो रकम अझ कम हुन सक्छ । यसो हुँदा यात्रुहरूले प्रतिकिलोमिटर १० रुपैयाँभन्दा कम शुल्कमा यात्रा गर्न सक्ने कम्पनीका उपाध्यक्ष निल भट्टराई बताउँछन् ।

पोडवेमा सामान ढुवानी गर्दा पनि खर्च कम लाग्ने भट्टराईले बताए । प्रस्तुत छ भट्टराईले पाेडवेबारे गरेकाे ब्रिफिङ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update