Odapalika - The Fourth Estate - चौथो अंग
गुल्मीका ४ स्थानीय तह २ दिनदेखि अन्धकारमा 

काठमाडौँ । विद्युत सेवा अवरुद्ध भएपछि गुलमी जिल्लाका ४ वटा स्थानीय तह २ दिनदेखि बिजुलीबिहीन बनेका छन् । 

धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 

हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेपछि यी पालिकामा विजुली अवरुद्ध छ । 

विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलका अनुसार अवरुद्ध विजुली संचालनका लागि पहल भइरहेको र आज बेलुकीसम्ममा बिजुली बाल्ने लक्ष्य लिइएको छ । 

विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले मोबाइल चार्जगर्नसमेत नपाएको गुनासो गरेका छन् । यी पालिकामा हाल इन्टरनेट सेवासमेत अवरुद्ध छ ।

गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पु¥याइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update