Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ । 

केही दिनअघि मात्र सहकारीको ठगी सम्वन्धमा छानविन गर्न बनेको संसदीय समितिले पनि स्थानीय तहसँग सहकारीका बचतकर्तासहितको विस्तृत विवरण मागेको थियो । 

प्रचलित कानुन अनुसार देशभरका अधिकांश सहकारीको दर्ता, अनुगमन, खारेजीलगायतको अधिकार स्थानीय तहमा छ । 

स्थानीय तहमा भएका सहकारीमा बचत जम्मा गर्ने र ऋण खानेहरुको संघीय सरकारसँग एकीकृत तथ्यांक नभएका कारण स्थानीय तहसँग विवरण मागिएको मन्त्रालयले जनाएको हो । 

यसअघि संसदीय समितिले २ पटक स्थानीय तहसँग यस्तो विवरण मागिसकेको छ । तर अधिकांश स्थानीय तहले विवरण उपलव्ध गराएका छैनन् । 

समितिलाई नै विवरण दिन नसकिरहेका स्थानीय तहसँग मन्त्रालयले संस्थाको विवरणसहित ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको विवरण मागेको हो । 

संघीय सरकारले बचतकर्ताको मात्र विवरण किन चाहियो भनेर खुलाएको भने छैन । 

गत २ भदौमै मनत्रालयले स्थानीय तहसँग सहकारीमा भएको ५ लाखसम्मको बचतको विस्तृत विवरण माग्ने निर्णय गरेको थियो । 

यही निर्णयअनुसार मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई विवरण उपलव्ध गराउन आज पत्राचार गरेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update