Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा १२ जनाले लगाए दर्ज्यानी चिह्न 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ नगर प्रहरीको तह वृद्धि गरिएको छ । नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको उनीहरुलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको हो । 

उनीहरू दर्ज्यानी चिह्न प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिवद्ध रहन निर्देशन दिए । 

त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरुले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वाशमा आँच आउन दिन नहुने बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update