Odapalika - The Fourth Estate - चौथो अंग
अब खर्चिलो र भड्किलो गरी तीज मनाए कारबाही हुने 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले परम्परा एवं सामाजिक रितिरिवाजअन्ुसार तीज पर्व मनाउन अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना निकालेर जिल्ला प्रशासनले मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु÷नगराउनु हुन अनुरोध गरेको छ । 

यदी अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरेमा कारबाही गरिने चेतावनी दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी  धवप्रसाद ढुंगानाको हस्ताक्षर रहेको सूचनामा ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरुको आयोजना गरे÷गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानुन बमोजिम कारबाही हुने’  उल्लेख छ।

सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको उल्लेख गर्दै प्रशासनले भनेको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु÷नगराउनु हुन हार्दिक अनुरोध छ।’

notice-1724922457.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update