Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ । 

निर्वाचन आयोगको पत्रअनुसार बुधबार देशभरका जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण यही भदौ १६ गतेभित्र उपलब्ध गराउन भनेको छ । 

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग गरिएको भन्दै मन्त्रालयले विवरण माग्दै पत्राचार गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update