Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो 

काठमाडौँ ।  धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ । चालु साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३६.८३ अंकले ओरालो लागेर २७४९.५७ विन्दुमा झरेर अडिएको छ । 

यस दिन २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँको कारोबार भएको छ । 

कुथरी बखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ     

रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैंक ७.८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतले कमाएका छन् । थ्री स्टार हाइड्रोपावरले १० प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update