Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालक सडकमा, आवागमन अवरुद्ध 

मोरङ । विराटनगर महानगरपालिकाको निर्णयविरुद्ध सफारी चालक आन्दोलनमा उत्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । 

मुख्य राजमर्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाउने महानगरको निर्णयविरुद्ध शुक्रबार सफारी चालकहरूले सडक अवरुद्व पारेका हुन् । उनीहरुको आन्दोलनका कारण कोशी राजमार्गको बरगाछी क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । 

शुक्रबार मध्यान्ह १२ बजेदेखि बरगाछीको ६ लेन सडकमा चालक आन्दोलनमा उत्रिएका छन् । सफारी नै राखेर आन्दोलनमा उत्रिएपछि सवारी आवागमन अवरुद्ध हुँदा अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update