Odapalika - The Fourth Estate - चौथो अंग
भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् ।

पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।

पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनीहरुबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update