Odapalika - The Fourth Estate - चौथो अंग
डुम्रे–बेँसीसहर सडक अवरुद्ध, सयौँ यात्रु प्रभावित 
फाइल तस्बिर

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ यात्रु मर्कामा परेका छन् । 

लगातारको वर्षापछि आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।  

बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा आउने र जाने दुवै तर्फका यात्रु मर्कामा परेका हुन् । मनसुन सुरु भएसँगै यो सडक खण्डमा दर्जनौँपटक पहिरो गएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update