Odapalika - The Fourth Estate - चौथो अंग
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)

काठमाडौँ । नेपालले हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिन नेपालले हरेक वर्ष असोज ३ गते संविधान तथा राष्ट्रिय दिवस मनाउने गरेको छ । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा यही भदौ ९ गते बसेको बैठकले संविधान दिवस मनाउने निर्धारण गरिएका कार्यक्रम अनुमोदन गरेको थियो । 

सोहीअनुसार गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो । 

संघीय मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ, ‘गृह मन्त्रालयको च.नं. १०८ मिति २०८१÷०५÷ ११ को संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धी पत्र र सो साथ प्राप्त संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति गठन एवम् अनुमोदित कार्यक्रम आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’ 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समितिले अनुमोदित कार्यक्रम :

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update