Odapalika - The Fourth Estate - चौथो अंग
नाबालिकामाथि सामूहिक बलात्कार, नगरपालिकाका दुई कर्मचारीसहित ३ जना पक्राउ 
प्रतीकात्मक तस्बिर

रुपन्देही ।  रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । 

बालिकालाई रोजगारीको प्रलोभन देखाएर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

गाउँपालिकाको अवासीय तालिम रहेको भन्दै उनीहरुले मर्चवारबाट बालिकालाई भैरहवा ल्याएर सामूहिक बलात्कार गरेको आरोप छ । भैरहवाको एक होटेलमा ल्याएर बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले खुलाएको छैन । 

घटनबारे अनुसन्धान भइरहेकाले थप खुलाउन प्रहरीले चाहेन । अनुसन्धानपछि घटना र पक्राउ परेका व्यक्तिबारे सार्वजनिक रुपमा जानकारी दिने प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update