Odapalika - The Fourth Estate - चौथो अंग
गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटोफिचर)

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बबाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । 

आजको विशेष दिनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिामा पर्ने गोकर्णेश्वरमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । 

यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । दान दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

कुशे औँसीको अवसरमा सोमबार गोकर्णेश्वर नगरपालिकालेसार्वजनिक बिदासमेत दिएको छ । 

gokarna-(16)-1725256601.jpg

gokarna-(15)-1725256599.jpg

gokarna-(14)-1725256597.jpg

gokarna-(13)-1725256596.jpg

gokarna-(12)-1725256594.jpg

gokarna-(11)-1725256593.jpg

gokarna-(10)-1725256591.jpg

gokarna-(9)-1725256590.jpg

gokarna-(7)-1725256505.jpg

gokarna-(8)-1725256505.jpg

gokarna-(5)-1725256501.jpg

gokarna-(6)-1725256501.jpg

gokarna-(3)-1725256498.jpg

gokarna-(4)-1725256497.jpg

gokarna-(1)-1725256494.jpg

gokarna-(2)-1725256494.jpg

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update