Odapalika - The Fourth Estate - चौथो अंग
नरैनापुरमा झाडापखालाबाट तीन दिनमा चारजनाको मृत्यु, सातजना बिरामी

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु भएको छ भने सातजना बिरामी भएको छ । गएको शुक्रबार, शनिबार र आइतबार तीन दिनमा चारजनाको मृत्यु भएको नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजय मिश्राले वडापालिकालाई जानकारी दिए । 

उनका अनुसार शुक्रबार ६० वर्षीया शान्ति पासी, शनिबार २५ वर्षीय रुसा पासी र आइतबार रुसाकी डेढ वर्षीया छोरी नन्दनी पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको

झाडापाखलाबाट सातजना बिरामी भएका छन् । सातजना बिरामीमध्ये ६ जना स्थानीय स्वास्थ्य संस्थामा र एकजनाको नेपालगञ्जमा उपचार भइरहेको वडा अध्यक्ष मिश्राले जानकारी दिए । 

मृतक र बिरामीलाई सुरुमा टाउको र पेट दुख्ने र पखला लाग्ने लक्षण देखिएको थियो । यसबारे पालिका अध्यक्षसहित प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको वडा अध्यक्ष मिश्राले जानकारी दिए । 

उनका अनुसार जिल्लाबाट औषधि आइपुगेको छ भने स्थानीय स्वास्थ्यकर्मीहरु छाडापखला नियन्त्रणका लागि खटिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update