Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचनबारे नेकपा एसको ४ बुँदे सर्कुलर, परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनबारे आफ्नो पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ । 

महासचिव घनश्याम भुसालले सर्कुलर गर्ने क्रममा भनेका छन्, ‘विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली पार्टी कार्यालय वा पार्टीका जिम्मेवार कमरेडहरूको साथमा हुन सक्छ तत्काल सोको अध्ययन गरी सूचीमा नाम समावेश गराउने विषयमा ध्यान दिनु हुनेछ ।’

महासचिव भुसालले जारी गरेको चारबुँदे सर्कुलर

१. निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ?

२. निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्य परक विश्लेषण गरी पठाउने ।

३. निर्वाचन केन्द्रित (दशैँ, तिहार, छठ आदि) कार्यक्रम गरी जनता माझ पार्टीलाई पु¥याउने ।

४. निर्वाचन तयारीसम्बन्धी अन्य आवश्यक तयारी गर्ने ।

परिचालन कमिटी गठन

उपनिर्वाचनको तयारीका लागि नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव छन् ।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा. गङ्गालाल तुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update