Odapalika - The Fourth Estate - चौथो अंग
यी राशिको चम्कने छ भाग्य, यी राशिले गर्नेछन् मनोरञ्जन 

आजको पञ्चाङ्ग

तिथिः प्रतिपदा । नक्षत्रः पू.फा.  । करणः किंष्तुघ्न । चन्द्रराशिः सिंह  । सूर्योदयः ५ः ४४ । सूर्यास्तः १८ः २० । दिनमानः ३१ः ३१ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।

तपाईंको आज 

मेष ( चु चे चो ला लि लु ले लो अ )

आकस्मिक नयाँ काम आईपर्नेछ । कामको प्रशंसा र सम्मान पाउनु हुनेछ । रमाइलो अनुभूति भइरहने छ । धार्मिक यात्रामा सफल भइनेछ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको दिन अनुकूल हुनेछ । काम गर्दा सहयोग गर्ने बढी होलान् । नयाँ मित्रको साथ पाइने छ । काममा सफलता पाइनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

इष्टमित्रसँग भेटघाट हुनेछ । अचानक धनप्राप्ति हुनेछ  । मानसिक तनाव कम हुनेछ । स्वास्थमा सुधार हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

मित्रको असहयोगले मन खिन्न रहनेछ । मान, सम्मानमा आँच आउनेछ । सोचेको काम बन्ने सम्भावना कम देखिन्छ । खर्चिलो दिन छ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

पहिले रोकिएको काम पूरा हुनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । आम्दानी हुने देखिन्छ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आजको दिन अर्थपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुने देखिन्छ । नसोचेको लाभ हुनेछ । मन भने चञ्चल रहनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन भाग्यले साथ दिनेछ । यात्राबाट पनि लाभ उठाउनु हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । तपार्इँको पराक्रमको प्रशंसा हुनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज मान सम्मानको प्राप्तिले खुस भइनेछ । आमाको साथ लिएर काम गर्नु पर्नेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ । नयाँ सामान जोड्ने अवसर मिल्नेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनु राशिका लागि आज भाग्योदयको समय रहेको छ । नयाँ सामान खरिद होला । धर्मप्रति मन जानेछ । विद्यामा सफल देखिन्छ । सन्तान सुख हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

शरीरमा कष्ट हुनेछ । तपाईँलाई दुखदिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला । बिरामी पर्न सकिनेछ , सतर्कता अपनाउनु पर्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

परिवारको सहयोगले काम बन्नेछ । रमाइलो यात्रा उपलब्धिमय हुनेछ । आय क्षेत्र मजबूत भई सुख प्राप्त हुनेछ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

आज मन उराठलाग्दो हुनेछ । नयाँ कामले झमेला दिनेछ । मानसिक थकान होला । काममा अवरोध सिर्जना हुनेछ । नयाँ कामको शुरुवात नगर्दा नै राम्रो हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update