Odapalika - The Fourth Estate - चौथो अंग
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण 

काठमाडौँ । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । 

अनामनगर पुर्वीगेट हुदैं हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुदैं न्युरो हस्पीटल अगाडी,प्रभु बैंक अगाडी धोवीखोला हुदैं सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update