Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड 

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना व्यक्ति सिफारिस गरेर पठाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 

सरकारले हरेक वर्ष शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उललेख्यनीय योगदान गर्ने प्रतिभाशाली २ जना व्यक्तिलाई पुरस्कृत गर्दै आएको छ । 

असोज १ मा प्रदान गरिने ५ लाख रुपैयाँ बरावरको यो पुरस्कार वालवालिका, युवा र प्रतिभाशाली व्यक्तिलाई दिइदै आएको छ । 

सरकारले यसका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष नै स्थापना गरेर प्रतिभाको खोजी गर्दै आएको छ । 

यस वर्षका लागि पुरस्कार दिने प्रयोजनका लागि देशभरका सबै स्थानीय तहलाई प्रतिभाशाली २ जना व्यक्तिको नाम सिफारिस गरेर पठाउन भनिएको हो । २४ भदाैभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकाे इमेल ठेगानामा यस्ताे सिफारिस पठाउन भनिएकाे छ । 

सरकारले १७ मंसिर २०७५ सालमा अमेरिकी सरकारले दिएको १ लाख अमेरिकी डलरको कोष स्थापना गरेर हरेक वर्ष २ जना प्रतिभाशाली व्यक्तिलाई जनही ५ लाख रुपैयाँका दरले पुरस्कार र बैज्ञानिक खोज अनुसन्धानका लागि सहयोग बृत्ति उपलव्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update