Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग 

काठमाडौँ । कोशी प्रदेशका निजामती कर्मचारी स्वतः बढुवाको माग राखेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती सेवा ऐन संशोधनको विषयलाई लिएर उनीहरुले मंगलबार कोशी प्रदेशसभा सचिवालयमा धर्ना दिएका छन् । 

अधिकृत छैटौं तहका कर्मचारीले प्रदेशसभा सचिवालयमा धर्ना दिएका हुन् । प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन विधेयकमा आफूहरुको स्वतः बढुवाको व्यवस्था हटाउन खोजेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि दिएको संशोधन दर्ताको ७२ घण्टाको समय मंगलबार सकिनै लाग्दा कर्मचारी आन्दोलित भएका हुन् । 

अधिकृत छैटौं तहका कर्मचारी स्वतः सातौं तहको हुने प्रावधानलाई संशोधन गर्न एमाले सांसद इन्द्रमणि पराजुलीले  संशोधन प्रस्ताव दर्ता गराएपछि कर्मचारी आन्दोलित भएका हुन् । 

प्रशासन र लेखा समूहका अधिकृत छैटौं तहका कर्मचारीले सो संशोधन प्रस्तावको विरोध गर्दै धर्ना दिएका हुन् । 

एक पटकका लागि ११ वर्ष सेवाअवधि पुगेका छैटौं तहमा आएका कर्मचारीलाई स्वतः सातौं तहमा बढुवा गर्ने प्रावधानलाई रोक्न संशोधन प्रस्ताव आएको उनीहरुको आरोप छ छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update