Odapalika - The Fourth Estate - चौथो अंग
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !

काठमाडौँ । रौतहट मौलापुर नगरपालिकाको मेयरमा रिनाकुमारी साह छिन् । उनको यो दोस्रो कार्यकाल हो । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ । 

मेयर रिनाले सामाजिक सञ्जालको च्याटमा बस्त्रलोकको फेसबुक पेजको लिंक सेयर गरेर विज्ञापन गरिरहेकी छन् । जसकारण सो वस्त्रलोकमा उनको लगानी, आफन्तको वा ब्रान्ड एम्बेस्डर हो भनेर खुलेको छैन । तर, उनले चाखपूर्ण वस्त्रलोकको विज्ञापन भने गरेकी छन् । 

यसबारे बुझ्न खोज्दा उनीसँग सम्पर्क भए । मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्र प्रसाद यादवसँग मेयर रिनाबारे जानकारी माग्दा सोमबारदेखि नै विनाजानकारी कार्यालयमा नआएको बताए । ‘उहाँ हिजोदेखि नै कार्यालय आउनु भएको छैन । कहाँ जानु भएको हो थाहा छैन । केही जानकारी पनि गराउनु भएको छैन,’ उपमेयर यादवले भने । 

तर, मंगलबार अपरान्ह २:५९ बजे मेयर रिनाले एक अफिसियल ह्वाटसपको ग्रुपमा ‘वस्त्रलोक’को फेसबुक पेजको लिंक सेयर गरेकी छन् । उनले आफूलाई कसैले पठाइदिएको लिंक फोरवार्ड गरेको देखिन्छ । यसर्थ उनी सो वस्त्रलोककी ब्रान्ड एम्बेस्डर हो कि भन्ने आममानिसले अड्कल काटेका छन् । 

rina-1-1725359010.JPG
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update