Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ 
फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचन प्रतिस्पर्धाबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छन् । 

मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय तहको उपनिर्वाचनमा कसैसँग तालमेल नगरी एक्लै प्रतिस्पर्धा गर्ने बताएका हुन् । 

स्थानीय तहको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएकाले सोहीअनुसार तयारी गर्न अध्यक्ष ओलीले सदस्यहरुलाई निर्देशन दिए । 

पछिल्ला निर्वाचनमा दलहरु गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा दलहरु गएका बेला अध्यक्ष ओलीले अब स्थानीय तहको उपनिर्वाचनबाट एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्ने अवस्थाको सुरुआत गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update