Odapalika - The Fourth Estate - चौथो अंग
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैध ढंगले निर्माण गरिएको भन्दै १० नम्बर वडामा पर्ने धोविखोला किनारका ३ वटा पक्की घर भत्काएको छ । 

सार्वजनिक जग्गामा निजी घर बनाएको पाइएकाले भत्काइएको महानगरले जनाएको छ ।  यो क्षेत्रमा थप घरहरु पनि नक्सा मिचेर बनाइएको पाइएकाले भत्काउने तयारी भइरहेको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।

महानगरपालिकाको अनुगमन टोलीले ढुसी परेको कोक बेचेको भन्दै पुतलसीसडकमा रहेको कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिमाना तिराएको छ । 

महानगरले जरिमाना तिराउँदै अखाद्य सामग्री तत्काल कम्पनीमा फिर्ता लैजान र यस्ता सामग्री नबेच्न सचेत गराएको छ । महानगरले ७ दिन भित्रमा जरिमाना तिर्न पनि भनेको छ ।

370290060_301258272554709_6929630070357599795_n1693132630.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update