Odapalika - The Fourth Estate - चौथो अंग
शाखा अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्न तोकियो सदस्य, कुन निकायमा को ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्धितीय र तृतिय श्रेणीका अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन गर्ने प्रयोजनका लागि मन्त्रालयका तर्फकाट सदस्य चयन गरेको छ । 

संघीय मामिला मन्त्रालयका अनुसार राष्ट्रपति कार्यालयदेखि निर्वाचन आयोगसम्मका १६ वटा निकाय र आयोगका अधिकृतको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनका लागि मन्त्रालयका सहसचिव दिवस आचार्यलाई सदस्यका रुपमा तोकेको छ । 

उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालयका द्धितिय र तृतीय तहका अधिकृतको कार्यसम्पादन मूल्यांकन समितिको सदस्यका रुपमा काम गर्नेछन् । त्यसैगरी उनलाई सबै आयोगका साथै सर्वोच्च अदालत, अख्तियार, प्रदेश प्रमुखको कार्यालय, युवा खेलकुद मन्त्रालय, संस्कृति मन्त्रालयसहितको जिम्मेवारी दिइएको छ । 

संघीय मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल विविध सेवा र इन्जिनिरयरिङ सेवाको जनरल उपसमूहको हकमा भने सम्वन्धित निकायका कर्मचारी प्रशासन महाशाखाको सहसचिवलाई कार्यसम्पादन मूल्यांकन समिति सदस्यको जिम्मेवारी तोकेको छ । 

निजामति सेवा नियमावलीले निजामति कर्मचारीको हरेक वर्ष कार्यसम्पादन मूल्यांक नगर्न समिति बनाउने व्यवस्था गरेको छ । 

संघीय मामिलाले सो समितिमा मन्त्रालयका तफृबाट प्रतिनिधि तोक्ने र अन्य निकायमा कार्यरत कर्मचारीका लागि समेत सदसय तोक्ने गरी पाएको अख्तियारी अनुसार सदस्यको जिम्मेवारी दिएको हो ।  

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update