Odapalika - The Fourth Estate - चौथो अंग
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ । 

बैकले बैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि नयाँ अफर सार्वजनिक गर्दै ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म ऋण दिने घोषणा गरेको हो । 

बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोडसम्मको ऋण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैँकका अनुसार अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्चको ८० प्रतिशतसम्म ऋण बैंबबाट उपलव्ध हुनेछ । 

यसरी प्राप्त गर्न सकिने ऋणको पहिलो किस्ता बैँकले सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने गरी व्यवस्था मिलाएको बैँकले जनाएको छ । 

‘यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ’ स्कीमबारे बैंकले भनेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update