Odapalika - The Fourth Estate - चौथो अंग
९ महिनापछि  बस्दै ९ संसदीय समितिका बैठक 

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिले आज सभापति पाउने भएका छन् । सभापति चयनपछि आजै समितिको बैठकहरु बस्ने छन् । 

संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ । एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ । 

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने व्यवस्था छ । 

९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको भएको हो । संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update