Odapalika - The Fourth Estate - चौथो अंग
घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो 

कैलाली । घोडाघोडी नगरपालिकाले गरेको विद्यालयको प्रधानाध्यापक छनौट विवादमा परेको छ । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरे पनि यसप्रति राजनीतिक पूर्वाग्राही भएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ । 

नेकपा एमाले घोडाघोडी कमिटीले घोडाघोडीका मेयर खडकबहादुर रावतलाई ज्ञापनपत्र बुझाउँदै प्रधानाध्याक छनौटको विरोध जनाएको हो । एमालेले प्रधानाध्याक छनौटमा राजनीतिक पूर्वाग्राही भएको र शिक्षा नियमावलीविपरीत पनि रहेको दाबी गरेको छ । 

एमाले घोडाघोडी कमिटी अध्यक्ष हेम सापकोटाले आफूहरुले बुझाएको ८ बुँदे ज्ञापनपत्रको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई शिक्षा नियमावली २०५९को नियम ९३ ले दिएको भन्दै एमालेले यसविपरीत खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update