Odapalika - The Fourth Estate - चौथो अंग
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न 

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरेको भन्दै संसदको राज्यव्यवस्था तथा शुसासन समितिमा प्रश्न उठेको हो । 

समितिको आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिका उड्न एक साताअघि राजनीतिक प्रतिशोधका भरमा अधिकृतको भ्रमण किन रद्ध गरियो भन्दै प्रश्न गरेकी छन् । 

बैठकमा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई उनको भ्रमण के आधारमा रद्ध गरिउको भन्दै प्रश्न गरेकी छन् । मनत्रीले प्रमुृख प्रशासकीय अधिकृतमाथि राजनीतिक प्रतिशोध राखेको उनको भनाइ छ । 

मन्त्री गुप्ताले काफ्लेको १७ जुलाई अर्थात एक सातापछि हुन लागेको अमेरिका भ्रमण रद्ध गरेका थिए । 

काफ्लेलाई ६ साउनमा मन्त्रालयले अमेरिकामा हुने पव्लिक फाइनान्स मेनेज्मेण्ट एण्ड फिस्कल डिसेन्ट्रलाइजेसन  विषयक तालिममा सहभागी हुन अनुमति दिएको थियो । 

तर मन्त्रालयसँगको टसल र स्थानीय स्तरमा एमाले तथा कांग्रेसका जनप्रतिनिधिसँगको टसलपछि उनको भ्रमण मन्त्रीले रद्ध गरिदिएका हुन् । 

मन्त्रीले मंगलवार उनको भ्रमण रद्ध गरिदिएका हन् । बजेट ल्याउने विषयमा विवाद भएपछि एमाले, कांग्रेससहितका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । 

बहिष्कार पछि बैठकमा गणपुरक संख्या पुग्न सकेन । मेयर राजन पौडेलले नियमावलीमा भएको व्यवस्थालाई समाउँदै तेस्रोपटक डाकिएको बैठकमा पनि गणपुरक संख्या नपुगे तत्काल कायम २५ प्रतिशत सदस्य उपस्थित भए पनि गणपुरक मानिने व्यवस्थाको प्रयोग गरेर नगरसभामार्फत बजेट पास गराएका थिए । 

यसमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले मेयरलाई सहयोग गरेपछि स्थानीय जनप्रतिनिधिको दबावमा काफ्लेलाई जीतपुर सिमराबाट सरुवा गरियो । तर उनी अदालत पुगेर अन्तरिम आदेश लिएर जीतपुरसिमरामै बसिन् । 

संघीय मामिला मन्त्रालयले गरेको सरुवा विरुद्ध अदालत गएको र माओवादीका तर्फबाट बिजयी मेयर पौडेललाई साथ दिएर बहुमत जनप्रतिनिधिलाई पेलेको भन्दै मन्त्रीले उनको अमेरिका भ्रमण रद्ध गरेका हुन् ।

अन्तरिम आदेशमार्फत सरुवा कार्यान्वयन नगर्न आदेश लिएर उपमहानगरपालिका मा पुन थमैती भएपछि उनले हालैमात्र १४ जना वडा सचिवहरुको सरुवा गरेकी छन् । 

सो सरुवा पनि विवादमा छ । आफु र मेयरलाई असहयोग गर्ने वडाका सचिव सरुवा गरेर अमिनलाई खटाइएको भन्दै नगरपालिकामा काफ्ले र मेयर पौडेलको चर्को विरोध हुँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update