Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट पानी कम पर्ने, कोशीमा भने मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज बिहान कोशी प्रदेशमा सामान्य बदली रहेको महाशाले जनाएको छ । 

बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहन बताएको छ । 

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update