Odapalika - The Fourth Estate - चौथो अंग
गणेशमान चारनाथ नगरपालिकाको बरमझिया–जयनगर सडकपेटी खाली गर्न उर्दी 
फाइल तस्बिर

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ९ नम्बर वडा कार्यालयले बरमझिया–जयनगर सडकपेटी खाली गर्न निर्देशन दिएको छ । 

बिहीबार वडा कार्यालयले सार्वजनिक सूचना निकालेर पाँच दिनभित्रमा बरमझिया–जयनगर सडकपेटी खाली गर्न निर्देशन दिएको हो । सडकपेटी अवरुद्ध हुने गरी सडकको दुवैतर्फ सरसामान राखेको भन्दै वडा कार्यालयले खाली गर्न भनेको हो । 

‘गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ बरमझिया जयनगर सडक खण्डमा पर्ने जयनगर टोल, मुस्लिम टोल, वस्ति तथा विरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने जयनगर टोल देखि दक्षिण बरमझिया अन्तिमसम्म सडकको दुवै तर्फ सडक पेटी अवरुद्ध हुने गरि राखेको गोवर मल, गाईवस्तु, टायर गाडा, बालुवा गिट्टी माटो लगायतका सरसामान मिति २०८१।०५।२० गते देखि ५ (पाच) दिन भित्रमा खालि गर्न सम्पुर्ण वडावासीमा जानकारी को लागि यो सूचना प्रकाशन गरिएको छ,’ वडा अध्यक्ष नन्दकिशोर यादवको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ । 

notice-1725532383.jpg
 


 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update