Odapalika - The Fourth Estate - चौथो अंग
सबै इन्टरनेटमा चल्न थाल्यो टिकटक 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि सबै इन्टरनेटमा टिकटक चल्न थालेको छ । प्राधिकरणले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन दिएसँगै शुक्रबार अपरान्हबाट टिकटक चल्न थालेको हो । 

नेपाल सरकारको सर्त टिकटकले स्वीकारेपछि प्रतिबन्ध फुकुवा गरिएको हो । यही भदौ ६ गते नेपाल सरकारले सर्तसहित टिकटको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । 

सोहीअनुसार टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका प्रतिनिधिले नेपाल सरकारको सर्त स्वीकार्दै प्रतिबद्धता जनाएपछि शुक्रबार अपरान्हबाट सबै इन्टरनेट प्रदायकहरुलाई टिकटक खुला गर्न निर्देशन दिइएको हो । 

गत वर्षको कात्तिक २७ गते सरकारकाले सामाजिक सद्भाव खलबल्याएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update