Odapalika - The Fourth Estate - चौथो अंग
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना 

काठमाडौँ । सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीन सरकारले पूर्वाधार र क्षमता विकासमा सहयोग गर्ने भएको छ । 

प्रोजेक्ट्स एड्स नेपाल परियोजनामार्फत चीनले सीमा जोडिएका जिललाका पालिकामा सहयोग गर्ने भएको हो । यो परियोजना संचालन गर्न चाहने स्थानीय तहले आफुले चाहेको आयोजनाको विवरणसहित फाराम भर्नुपर्नेछ । 

पूर्वाधार विकास आयोजना र बस्तुगत आयोजनामा स्थानीय तहले सहयोग माग्न सक्नेछन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समिा जोडिएका दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा,  सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका गरी १५ वटा जिल्लाका स्थानीय तहले यो परियोजनाको लाभ लिन सक्नेछन् । 

यस्तो छ परियोजना प्रस्ताव 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update