Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता 

रुकुम पश्चिम । मुसिकोट नगरपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक छनौट परीक्षाका विषयलाई लिएर कर्मचारीले थालेको आन्दोलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ऐक्यवद्धता जनाएका छन् । 

उनले आज एक विज्ञप्ति जारी गर्दै आफ्नै अगाडि नगरपालिकाका कर्मचारीमाथि हातपात हुँदामेत जोगाउन नसकेको भन्दै कार्यालय प्रमुखका रुपमा क्षमा पनि मागेका छन् । 

गत ९ भदौमा विद्यालयको लेखा विषयको शिक्षकको परीक्षाका लागि प्रश्नपत्र बनाउँदै गरेका नगरपालिका शिक्षा शाखाका कर्मचारीमाथि उपमेयर विमल कुमार पुनले मुक्का प्रहार गर्दै लछारपछार गरेपछि विभिन्न माग अघि सारेर कर्मचारीहरु आन्दोलनमा छन् । 

musikot 11693190727.jpg

उनीहरुले उपमेयरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएर १० भदौमा नगरपालिकाका काम ठप्प परेका थिए । 

मुल गेटमै ताला लगाएर विभिन्न माग राखेका कर्मचारीका मागमा प्रशासकीय अधिकृतले ऐक्यवद्धता जनाउँदै दोषीमाथि कारवाही हुने र आइन्दा यस्ता घटना नहुने प्रतिवद्धता आएको भन्दै कार्यालयको काम नियमित गर्न कर्मचारीलाई आग्रह समेत गरेका छन् । 

सम्बन्धित समाचार 

कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी 

मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update