Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति अधिकारी र स्थानीय तहका प्रमुख प्रशाससकीय अधिकृतलाई कार्यक्रममा जथाभावी सहभागी नहुन निर्देशन दिएको छ । 

शुक्रबार देशभरका सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले स्थानीय तहको क्षेत्रबाहिर सहभागी हुन आमन्त्रण गरिएको कार्यक्रममा र आयोजक संस्थाले मन्त्रालय, विषयगत मन्त्रालय तथा निकायसँग समन्वय नगरेको  कार्यक्रममा सहभागी नहुन जिल्ला समन्वयका हाकिम र प्रशासकीय अधिकृतलाई निर्देशन दिएको हो । 

संघीय सरकारले स्थानीय सरकारका हाकिमलाई एनजीओ÷एनजीओलगायतले गर्ने कार्यक्रममा सहभागी कडाइ गरेको हो । 

सचिवस्तरीय बैठककाे निर्णयअनुसार भन्दै मन्त्रालयले दिएको निर्देशन पत्रमा उल्लेख गरिएको छ : 

श्री जिल्ला समन्वय अधिकारी, सबै

श्री प्रमुख प्रशासकीय अधिकृत, सबै

स्थानीय सरकारसँगको समन्वय, साझेदारी र सहकार्यमा विभिन्न गैर सरकारी, सामुदायिक र निजी क्षेत्रबाट पूर्वाधार विकास, आर्थिक सामाजिक विकास, सुशासन प्रवर्द्धन तथा सामाजिक परिचालनको क्षेत्रका कार्यक्रमहरू संचालन भईरहेका छन् । विकास साझेदारको सहयोगमा सञ्चालित विभिन्न अभिमुखीकरण, क्षमता विकास, अनुभव आदान प्रदान लगायतका कार्यक्रममा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको सहभागिता भइरहेको पाइन्छ । विकास साझेदार र सेवा प्रदायक संस्थाले संचालन गर्ने कार्यक्रममा जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता हुने गरी स्थानीय तहको क्षेत्रबाहिर सहभागी हुन आमन्त्रण गरिएको अवस्थामा सहभागी हुनुपूर्व आयोजक संस्थाले मन्त्रालय, बिषयगत मन्त्रालय तथा निकायसँग समन्वय गरे÷नगरेको एकीन गरी त्यस्ता कार्यक्रम स्थानीय तहको प्राथमिकता र आवश्यकता अनुसारका भएमा मात्र सहभागि हुनुहुन यस मन्त्रालयको मिति २०८१/०५/२१ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update