Odapalika - The Fourth Estate - चौथो अंग
पहिरोले पुरिएका वडा सदस्य र उनको श्रीमान्‌काे शव फेला
फाइल तस्बिर

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेका वडा नम्बर ६ कि वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेको शव फेला परेको छ । 

आइतबार बिहान २ बजे खसेको पहिरोमा वडा सदस्य र उनका श्रीमान् पुरिएका थिए । खोजी गर्ने क्रममा आइतबार बिहान पौने ११ बजेतिर उनीहरुको शव फेला परेको बारेकोट गाउँपालिका वडा नम्बर ६ वडाध्यक्ष डम्बरबहादुर महताराले वडापालिकालाई जानकारी दिए ।

‘वडा सदस्य र उहाँको श्रीमान शव हामीले अहिले करिब ११ बजेतिर फेला पारेका छौँ,’ उनले भने । 

सोही पहिरोमा पुरिएर घाइते भएकी वडा सदस्य प्रेमकुमारी र मानबहादुर चलाउनेकी ११ वर्षीया छोरी सम्झनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । ‘उहाँहरुको छोरीलाई उपचारका लागि सुर्खेत पठाइएको छ,’ वडाध्यक्ष महताराले भने । 

उनलाई तत्काल उद्धार गरेर लिम्सास्थित अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमा सुर्खेत पठाइएको हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update