Odapalika - The Fourth Estate - चौथो अंग
अब देशभरका सबै स्थानीय तहमा एफटीटीएच इन्टरनेट

काठमाडौँ । सरकारले देशभरका सबै स्थानीय तहमा फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट पुर्‍याउने भएको छ । सरकारले सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउन एफटीटीएच विस्तार गर्न लागेको हो । 

एफटीटीएच पुर्‍याउने कार्य नेपाल टेलिकमले गर्ने भएको छ । सबै स्थानीय तहमा क्रमिक रूपमा एफटीटीएच पुर्‍याउने गरी टेलिकमले अहिले थप योजना बनाइरहेको छ । 

नेपाल टेलिकमका अनुसार अहिले ७७ जिल्लाका ३०० स्थानीय तहमा एफटीटीएच पुगिसकेको छ । टेलिकमले उपलब्ध गराउने एफटीटीएचमा इन्टरनेट, टेलिभिजन र टेलिफोन सुविधासमेत उपलब्ध छ । 

काठमाडौँ उपत्यकाबाहिर टेलिकम टावरको संख्या थप्ने र सञ्चालनमा रहेका टावरलाई पनि पूर्ण क्षमताको बनाउने गरी नेपाल टेलिकमले योजना बनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update