Odapalika - The Fourth Estate - चौथो अंग
डिभोर्स गर्दा नक्कली कागज बनाउने प्रदेश सांसद ३३ वर्षपछि जेल चलान 

काठमाडौँ । डिभोर्स गर्दा नक्कली कागज बनाएको अभियोगमा दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी जेल चलान भएका छन् । 

३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई आइतबार जेल चलान गरिएको हो । आइतबार नै रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका उनलाई त्यसपछि जेल चलान गरिएको हो । 

श्रीमतीसँगको अंश मुद्दामा केसीले कीर्ते कागजात बनाएको अभियोगमा २०४८ साल असार ९ गते साविक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिमानाको फैसला सुनाएको थियो।

प्रहरीको फरार सूचीमा रहेकै बेला गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेश (ख) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update